रोमाञ्चक फाइनलमा इंग्ल्यान्ड बन्याे विश्वकप च्याम्पियन

Investopaper, असार ३०, २०७६

आइतबार लर्डसमा भएको विश्वकप क्रिकेट – २०१९ काे फाइनलमा इंग्ल्यान्डले रोमाञ्चक जित निकाल्दै पहिलो पटक विश्व च्याम्पियन भएको छ।

निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्ड्रीका आधारमा न्यूजिल्याण्डलाइ पाखा लगाउदै विश्वकप क्रिकेटको उपाधि हात पारेको हाे ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । उसका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए । २ सय ४२ रनको लक्ष्य लिएर आएको इंग्ल्यान्ड पुरा ओभर खेलेर २ सय ४१ रनमा अलआउट भए पछि खेल सुपर ओभरमा लम्बियो ।

राेमाञ्चक सुपर ओभरः

दुबै टोलीले समान २४१ रन बनाएपछि सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ बलमा १५ रन बनायो । ३ / ३ बलकाे सामना गर्दै बेन स्टाेक्स ८ रन तथा जाेस बटलरले ७ रनकाे याेगदान दिए, दुवैले एक एक चाैका प्रहार गरेका थिए ।

विश्वकपको उपाधिका लागि न्युजिल्याण्डलाई १६ रन चाहियो । उसलाई अन्तिम बलमा २ रन नै चाहियो, जसरी इंग्ल्याण्डलाई नियमित खेलमा चाहिएको थियो । एक रन बनाएपछि मार्टिन गुप्टिल रन आउट हुन पुगे र सुपर ओभर पनि बराबरीमा सकियो । एक वाइडबलकाे उपहार पाउंदापनि न्यूजिल्याण्डले त्यसकाे सदुपयाेग गर्न सकेन ।

च्याम्पियन निर्धारण वाउण्ड्रीबाटः

नियमित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा लिइयो, जसमा इंग्ल्याण्डले बाजी मार्यो ।

न्युजिल्यान्डले पुरा ५० ओभरमा १६ र इंग्ल्यान्डले २४ तथा सुपर ओभरमा न्युजिल्यान्डले १ र इंग्ल्यान्डले २ बाउन्ड्रि प्रहार गरेको थियो । इंग्ल्याण्डले न्यूजिल्याण्डले भन्दा ९ वटा बाउन्ड्री बढी हान्याे ।

गत विश्वकपमा अष्ट्रेलियासंग फाइनलमा पराजित न्यूजिल्याण्ड यसपटक पनि नाटकिय शैलिमा पराजित हुनपुग्याे । यसअघि सन् १९७९, १९८७ र १९९२ को फाइनलमा पराजित भएको इंग्ल्यान्डले यसपटक विश्वकपकाे उपाधि उचाल्याे ।

यस प्रतियाेगितामा न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले प्लेयर अफ द टुर्डामेण्टकाे उपाधि पाए भने इंग्ल्यान्डका वेन स्टाेक्सले प्लेयर अफ द म्याच घाेषित भए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *