उद्योगी व्यवसायीबिच ‘व्यावसायिक एकता आवश्यक’ – ढकाल

न्भेष्टाेपेपर । साउन १२, २०८०

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायी तथा महासङ्घका समग्र सदस्यबिच बलियो एकता आवश्यक रहेको औँल्याउनुभएको छ ।  

महासङ्घको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले व्यवसायीको एकल प्रयासले मात्र उपलब्धि हासिल हुन नसक्ने बताउँदै एक्लो प्रयास मात्र पर्याप्त नहुने हुँदा व्यावसायिक हितका लागि सहकार्य र एकता आवश्यक हुने औँल्याउनुभएको हो । 

वस्तुगत सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासङ्घले राखेको कार्यक्रममा नवनिर्वाचित टिमलाई बधाई दिँदै अध्यक्ष ढकालले व्यावसायिक गतिविधि बढाउन सदस्य वस्तुगत सङ्घहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभयो । सो कार्यक्रममा उहाँले नेपाल शैक्षिक परामर्श सङ्घ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल कफी व्यवसायी महासङ्घ, नेपाल मैदा उद्योग सङ्घ, नेपाल रत्न तथा आभूषण सङ्घ, नेपाल जग्गा तथा आवास विकास सङ्घ, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग सङ्घ र नेपाल वनस्पति घिउ तथा तेल उत्पादक सङ्घका पदाधिकारीलाई सम्मानसहित बधाई दिनुभएको थियो । 

वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुगत परिषद्ले नयाँ सोच र फरक ढङ्गले काम गर्न लागेको जानकारी गराउनुभयो । 

महासङ्घका सबै सदस्य सङ्घसँग नजिकमा रहेर उनीहरूको कुरा सुन्ने, इस्युहरूमा छलफल गर्ने र आएको निचोडलाई कार्यान्वयनका लागि सरकारमा पैरवी गर्ने रणनीति अनुसार काम भइरहेको उहाँले बताउनुभयो । (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *