ज्योति विकास बैंकद्वारा “सुपर स्मार्ट सेभिङ्ग्स” सार्वजनिक

न्भेष्टाेपेपर । साउन १२, २०८०

काठमाण्डाैँ । ज्योति विकास बैंकद्वारा अतुलनीय विशेषता, निःशुल्क सुविधा र विशेष छुट सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” बचत योजना सार्वजनिक गरेको छ ।

न्युनतम मौज्दात मात्र रु.१५ मा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो ।

ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ “सुपर स्मार्ट सेभिङ्ग्स” बचत खाता संचालनमा ल्याइएको हो ।

यस खाताले ग्राहकवर्गलाई बचत संगै शेयरकाे प्राथमिक निष्कासनहरुमा लगानीको सुरुवात गर्न एकदम सहजता प्रदान गर्नेछ । हाल बजारमा उपलब्ध बचत खाताहरुमा पाईने सुविधाहरु भन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउनेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *