एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा अन्तर्क्रिया कार्यक्रम संचालन

इन्भेष्टोपेपर । पुष ३, २०७८

काठमाण्डाैँ । एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तर्क्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सचांलन भएको छ ।

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न
आयामहरुको बारेमा समेत छलफल गर्नुभयो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश स्तरमा लगानिकर्ता सचेतना अभिवृद्धी कार्यक्रमको सुरुवात सुदुर पश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ । उक्त कार्यक्रममा लगानिकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा यस्तै सचेतनामुलक कार्यक्रम सचांलन गरिने ब्यहोरा समेत क्यापिटलले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *