दराजले ल्यायाे नयाँ वर्षको अवसरमा बचतसँगै सेल याेजना

इन्भेष्टाेपेपर ।  पुस १७, २०८२

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले नयाँ वर्षलाई अझ विशेष बनाउने सोच सहित दराज १.१, द नं १ सेल सार्वजनिक गरेको छ । वर्षको सुरुवात उत्साहजनक अफरहरूसँगै गर्न चाहने ग्राहकहरूका लागि यो सेल डिसेम्बर ३१, २०२५ (पुष १६, २०८२) राति ८ बजे सुरु भई जनवरी ५, २०२६ (पुष २१, २०८२) सम्म सञ्चालन हुनेछ ।

१.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७०% सम्मको फ्ल्यास सेल, ६०% सम्मको मेगा डिल, साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधाको मज्जा  लिन सक्नु हुनेछ ।

यस अभियानमा विशेष साझेदार अफरहरू पनि समावेश छन् । गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६०% सम्मको छुट उपलब्ध हुनेछ । यसमा एडिदास र रिबक लगायत लोकप्रिय अन्तर्राष्ट्रिय ब्रान्डहरू समेटिएका छन् । त्यसै गरी, सिल्भर पार्टनर नाइकका तर्फ बाट ५०% सम्मको छुट उपलब्ध हुनेछ । यसले प्रिमियम ब्रान्डहरूलाई अझ किफायती बनाउने दराजको विश्वास छ ।

यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेलपनि रहने छ ।  डिसेम्बर ३१ राति ८ बजेदेखि उपलब्ध  गरिने यी डिलहरु सिमित समय र सिमित स्टकमा उपलब्ध हुनेछन् । साथै, अभियान अवधिभर दैनिक फ्ल्याश सेल मार्फत सामान्य समय भन्दा कम मूल्यमा  अफरहरू पनि उपलब्ध हुनेछन् । यसले ग्राहकहरूलाई प्रत्येक दिन नयाँ छुट सहितका आकर्षक अफरको अनुभव प्रदान गर्नेछ । 

ग्राहकलाई अझ विश्वासका साथ किनमेल गर्न मद्दत पु¥याउने सोचका साथ, “बेष्ट प्राइस” ट्याग भएका उत्पादनहरूमा विगतमा झैँ यस पटक पनि दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी लागू हुनेछ । यस अन्तर्गत, यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएमा, र योग्यता सर्तहरू समेत पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।

छुटभन्दा पर, दराज १.१, द नं १ सेलले सहज, भरपर्दो र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत विभिन्न श्रेणीमा आकर्षक अफरहरू अन्वेषण गर्न सक्नुहुनेछ ।
दराज नेपालको १.१ सेल सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np, दराज नेपालको फेसबुक पेज, वा दराज एप भ्रमण गर्नु हुन कम्पनीले विनम्र अनुरोध गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *