‘काँग्रेस दुधले नुहाएको पार्टी होइन’ – गृहमन्त्री लामिछाने

न्भेष्टाेपेपर । चैत्र ७, २०८०

काठमाण्डाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाउनुभएको छ । 

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गर्नुभयो । उहाँले काँग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताउनु भयो । उहाँले ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि काँग्रेसलाई चुनौति दिनुभयो ।

उहाँले काँग्रेसलाई ४ वर्ष नै संसद गरिरहने र यही संयन्त्रले ४ वर्ष काम गर्न पाए अहिले संसदमा उपस्थित काँग्रेसका कतिपय सांसदहरु सांसद नै नरहने बताउनु भयो । चिटिक्क परेर अनियमितता गर्ने काँग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने रु भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले आफूले कामबाट अहिले उठेका प्रश्नको जवाफ दिने पनि बताउनु भयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *