मिश्रीकाे सेवन हातखुट्टा भतभती पोल्नेदेखि अनेकाैँ राेगमा लाभदायी

न्भेष्टाेपेपर ।  मंसिर २०, २०७९

के तपाईहरुलाई पेट तथा हातखुट्टा भतभती पोल्ने समस्या छ ? यस्तो समस्या छ भने तपाईहरुले मिश्रीको सेवन गर्न सक्नुहुने छ । बिशेष गरी पेट तथा हातखुट्टा भतभती पोल्ने समस्या गर्मी महिनामा हुने गर्दछ । यस्तो बेलामा ऊखुको रसबाट बनेको गुलियो ठोस् पदार्थ मिश्रीलाई पानीसंग मीसाएर सेवन गर्नाले निकै लाभदायक हुन्छ।

मिश्रीको सेवन गर्नाले त्यती मात्र नभई अन्य फाईदा समेत हुने गर्छ । मिश्रीका केही फाइदाहरूका बारेमा जानी राखाैँ ।

१) भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहानरबेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा शरीर दुख्ने रोग ठीक हुन्छ।

२) सुप एक चम्चा, एक ग्लास पानीमा एक टुक्रा मिश्री हालेर उमाल्नुहाेस् र आधा भएपछि छानेर सेवन गर्नुहाेस्, २–३ दिनमा नै पित्तको ज्वरो ठीक हुन्छ

३) सुप र गेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एकरएक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस् हातगोडा पोल्ने समस्या कम हुन्छ।

४) यदि तपाईको घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १० – १२ पात तुलसी ४ – ५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २ – ३ मात्रामै ठीक भएर आउँछ।

५) दतिउनको चार–पाँच वटा पात एक ग्लास पानीमा मिश्री हालेर पकाएर बिहानरबेलुका खाने गरेमा सम्पूर्ण शरीर सुन्निएको ठीक हुन्छ।

६) धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १ – १ चम्चा बिहान, बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ।

७) यदि तपाईलाई दम खोकीको समस्या भएमा १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ। आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहानर दिउँसोर वेलुका खाने गरेमा ठिक हुन्छ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *