कोपा अमेरिका फुटबल : फाइनलमा ब्राजिल र अर्जेन्टिना भिडने
इन्भेष्टोपेपर । असार २३, २०७८
काेपा अमेरिका फुटबल खेलकाे फाइनलमा साविक विजेता ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने भएकाे छ । ब्राजिलले पेरूलाइ १ – ० काे गाेल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकाे थियाे भने आज विहान भएकाे खेलमा अर्जेन्टिनाले काेलम्बियालाइ पेनाल्टीबाट पाखा लगाउँदै फाइनलमा प्रवेश गरेकाे हाे ।
नियमित समयकाे खेलको सातौं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । कोलम्बियाका लागि खेलको ६१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले एक/एक गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउल भने गोल गर्न चुके ।
अर्जेन्टिनी गोलकिपर एमिलिआनो मार्टिनेजले कोलम्बियाको देभिन्सन साञ्चेज, येरी मिना र एडविन कार्डोनाको तीन वटा प्रहारलाई विफल तुल्याए । काेलम्बियन खेलाडीले तीन गाेल मिस गरेकाले अर्जेन्टिनाले पाँचाै गाेल नहानि ३ -२ काे गाेल अन्तरले अर्जेन्टिना फाइनलमा पुग्याे ।
ब्राजिल र अर्जेन्टिनाबीचकाे फाइनल खेल आइतबार हुनेछ ।
