काेराेना अपडेट : विश्वभर २ कराेड ४३ लाख सङ्क्रमित, करिव ८ लाख २९ हजारकाे मृत्यु
इन्भेष्टोपेपर । भाद्र ११, २०७७
काेराना भाइरसबाट विश्वभर २ कराेड ४३ लाख २४ हजार ५७२ जना सङ्क्रमित भएका छन भने १ कराेड ६८ लाख ६८ हजार ६४ जना राेगमुक्त भै घर गएका छन । वल्डाेमिटरका अनुसार विगत २४ घण्टामा विश्वभर २ लाख ७३ हजार ३०२ जनामा काेभिड-१९ काे सङ्क्रमण पुष्टि भएकाे छ ।
गत २४ घण्टामा सबैभन्दा धेरै करिव ७६ हजार जना भारतमा थपिएका छन भने ब्राजिल र अमेरिकामा क्रमशः ४७ हजार ८२८ तथा ४४ हजार ६३४ जनामा भाइरस पाेजेटिभ देखिउकाे छ । अाजसमम अमेरिकामा ६० लाखभनदा धेरै मानिस राेगकाे चपेटामा परिसकेका छन भने दाेश्राे र तेश्राे स्थानमा ब्राजिल र भारतमा ३७ लाख २२ हजार तथा ३३ लाख ७ हजारमा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ ।
याे भाइरसले गत २४ घण्टामा ६ हजार ३४६ जनाकाे ज्यान लिएकाे छ भने हालसम्म ८ लाख २८ हजार ९१४ जनाले ज्यान गुमाएका छन । अहिलेसम्म मृत्यु हुनेकाे संख्या पनि सबेभन्दा बढी अमेरिकामा १ लाख ८३ हजार ६५३ जना छन भने ब्राजिलमा १ लाख १७ हजार ७५६ जना, मेक्सिकाेमा ६१ हजार ४५० जना तथा भारतमा ६० हजार ६२९ जनाकाे निधन भैसकेकाे छ ।

काेराेना भाइरसकाे शुरूवात भएकाे चीन ८४ हजार ९९६ जना सङ्क्रमित सहित विश्वकाे ३५अाै स्थानमा रहेकाे छ । चीनमा गत २४ घण्टामा १५ जना सङ्क्रमित थपिएका छन भने हालसम्म ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन ।
यसैगरि नेपालमा गत २४ घण्टामा ८८५ जनामा काेेराेना सङ्क्रमण पुष्टि भै कुल सङ्क्रमितकाे संख्या ३४ हजार ४१८ पुगेकाे छ । काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या ११ जना थप भै कुल १७५ जना पुगेकाे छ । यसमध्ये १९ हजार ५०४ जना निकाे भै घर फर्किएका छन भने १४ हजार ७३९ जना अलगबास तथा उपचारमा रहेकाछन ।
