फुड बैंक : ‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुस्’ !

इन्भेष्टोपेपर । भाद्र ११, २०७७

सिरहा – सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाइटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत खाद्यान्न सङ्कलन गरिरहेका छन् । 

‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुस्’ भने नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट दैनिक १०/१२ सम्‍मले खाद्यान्न लगायत सामानले लिएर जाने गरेको सिरहा युनाइटेडका रोशन गुप्ताले जानकारी दिनुभयो । लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री पुर्याउन ‘फुड बैंक’ स्थापना गरिएको गुप्ताले बताउनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *