नेकपा (एमाले)को घोषणापत्र : विपन्न परिवारलाई बिजुली निःशुल्क, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता (पूर्णपाठ)

इन्भेष्टाेपेपर ।  वैशाख ९, २०७९

काठमाडौं ।  नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएकाे हाे ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्नुभएको हो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाउनुभएको थियो ।

जम्मा ४८ पृष्ठ लामो चुनावी घोषणापत्रमा गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने उल्लेख छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ।

यसैगरी, स्वास्थ्य, खानेपानी र सरसफाइ, ऊर्जा, विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली निःशुल्क र कृषिलाई प्राथमिकताको रुपमा घोषणापत्रमा उल्लेख छ ।

यातायात, पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, औद्योगिककरण र आर्थिक वृद्धिका साथै स्वदेशमै रोजगारीलगायतका कार्यक्रम पनि घोषणापत्रमा उल्लेख छ ।

नेकपा एमालेको घोषणापत्रकाे पूर्ण पाठ :

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *