अपराध जगत : विश्वकै कुख्यात ७ महिला

इन्भेष्टाेपेपर ।  असार २०, २०७९

विश्वमा यस्ता कुख्यात महिलाहरू छन्, जो जघन्य अपराधमा संलग्न रहेका थिए । यहाँ यस्तै विश्वभरिका सात जना कुख्यात महिलाहरूकाे बारेमा जानकारी गराइएकाे छ ।

शोर्लेट कार्डी नाम गरेकी एक महिला थिइन् जले फ्रेन्च क्रान्तिकारी नेता जीन पल म्यारेटको हत्या गरेकी थिइन् । कुलिन परिवारकी कार्डीले सन् १७९३ मा कार्डीको चक्कु हानेर हत्या गरेकी थिइन । चार दिन पछि उनलाई गिरफ्तार गरिएको थियो ।

बोनी पार्कर नाम गरेकी एक महिला थिइन जो सन् १९३० को दशकमा निकै चर्चित थिइन । उनको यो कारनामा देखेर अमेरिकी एफबीआई पनि परेशान थियो । उनी र क्लाइड बेरो मिलेर अमेरिकाका विभिन्न राज्यहरूमा चोरी डकैती गर्ने गर्दथे । उनीहरूले टेक्सासको इस्टहोम स्टेट जेलमा पाँच कैदी छुटाउनका लागि तीन प्रहरी अधिकृतहरूको हत्या गरेका थिए । एक प्रहरी अधिकारीको अपहरण गरेका थिए । अन्तत लुजियाना प्रहरी बोनी पार्कर र क्लाइड बैरोको हत्या गर्न सफल भयो । 

त्यसैगरी आइरिस समुद्री डाँकु ऐनी बोनीले क्यारेबियन सागरमा १८ औं दशकमा ठूलो संख्यामा रहेका व्यापारीहरूलाई लुटेकी थिइन । त्यस समय महिलालाई जहाजमा जानु अशुभ मानिन्थ्यो । सन् १७२० मा पक्राउ परेकी उनलाई गर्भवती भएका कारण फाँसी भने दिइएन । पछि उनी सामाजिक जीवन बिताउन थालेकी थिइन ।

त्यस्तै, अमेरिकी डकैत बेले स्टारले ओक्लोहामा इन्डियन इलाकामा आफ्नो श्रीमान्सँग मिलेर धेरै यात्रीहरूलाई लुटेकी थिइन । उनीहरूलाई सन् १८८३ मा सजाय पनि सुनाइयो । तर अज्ञात व्यक्तिले उनको हत्या गरिदिएको थियो । 

त्यसैगरी, अमेरिकी गृहयद्धताका मेरिल्याण्डमा मेरी सुरेट नामकी महिलाको एकदमै त्रास थियो । यी महिला अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको हत्याको षडयन्त्रकी एक अपराधी समेत मानिन्छिन् । सुरेट अमेरिकामा फासी पाउने पहिलो महिला पनि थिइन । उनलाई १८६७ जुलाई ७ मा फाँसी दिइएको थियो ।

अमेरिकाकै केटमा बार्के नामकी एक महिला डकैती, हत्या र अपहरणमा संलग्न थिइन । सन् १९३५ मा यी महिलाको पूरा परिवारलाई एफबीआईले इतिहासकै सबैभन्दा लामो सुटआउटमा हत्या गरेको थियो । मेरी फ्रिथ १७ औं शताब्दीकी कुख्यात महिला हुन् । पकेटमारबाट अपराधी जीवनमा प्रवेश गरेकी बेलायतको लण्डनकी यी महिला राजमार्गको कुख्यात लुटेरा बनेकी थिइन । अपराध गरेका सामान लुकाउनका निम्ति उनले एक पसल समेत खोलेकी थिइन । (एजेन्सीकाे सहयाेगमा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *