राष्ट्रिय सभा अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार दाहाल विजयी

न्भेष्टाेपेपर । फागुन २९, २०८०

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा गठबन्धन दलका साझा उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएकाे छ । उहाँले कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै विजयी हुनुभएकाे हाे । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत तथा शर्माले १७ मत प्राप्त गर्नुभयाे ।

अध्यक्ष पदमा विजयी दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मत र वामदेव गौतमकाे १ मतसहित ३९ मत पाउनुभएकाे हाे ।

त्यस्तै राष्ट्रिय सभामा कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद रहेका छन् । कांग्रेसले आफ्नोबाहेक लोसपाको १ मत पाएको छ । बुधबारको निर्वाचनमा ५६ जना सांसद उपस्थित थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *