प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

न्भेष्टाेपेपर । फागुन ३०, २०८०

काठमाण्डाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदै हुनुहुन्छ। विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने संघीयसंसद सचिवालयले जनाएको छ।

सत्ता फेरबदलसँगै प्रधानमन्त्री दाहालले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएकाे हाे। गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि उहाँले पुस २६ मा पहिलो पटक विश्वासको मत लिनुभएकाे थियाे।​ त्यतिखेर उहाँलाई २७५ मध्ये २ सय ६८ सांसदको समर्थन प्राप्त भएको थियो।  त्यसपछि गत वर्षको चैत ६ मा दोस्रो पटक विश्वासको मत लिँदा भने उहाँले  १७२ मत प्राप्त गर्नुभएकाे थियाे। 

विश्वासको मत प्राप्त गर्न १३८ सांसदको समर्थन चाहिन्छ। त्यो संख्या सत्ता घटक ५ दलमा पर्याप्त छ। एमालेबाट ७७, माओवादी केन्द्रका ३२, रास्वाका २१, जनता समाजवादीका १२ र एकीकृत समाजवादीका १० सांसद छन्। त्यस्तै चार सिट भएको नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिन ह्विप जारी गरेको छ।

हालसम्म प्रधानमन्त्रीलाई १५६ सांसदको समर्थन जुट्ने देखिएको छ। संसद्‌मा अहिले कांग्रेसको ८८, राप्रपाको १४, जनमतको ६, र लोसपाको चार गर्दा ११२ मत गठबन्धन बाहिर छ। जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र सांसद पनि हालसम्म विपक्षमा हुने देखिएको छ। 

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन लागिएकाे हाे। फागुन २१ मा नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाएका प्रचण्डले विश्वासको मत लिने संवैधानिक समयसीमा भन्दा तीन साताअघि नै सदनमा मत लिन लाग्नुभएकाे हाे।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *