सुनचाँदीकाे भाउमा दैनिक फेरबदलः आज फेरी ५ सयले बृद्धी

इन्भेष्टाेपेपर ।  मंसिर २२, २०७९

काठमाण्डाँ । दैनिक जसाे सुनचाँदीकाे भाउमा उकालाे र ओरालाे यात्राकाे दाेहाेरी चलिरहेकाे छ । हिजाे स्थिर रहेकाे सुनकाे मूल्य आज ५ सय रूपैयाँले बढेर बिक्री भैरहेकाे छ । यसैगरि चाँदीमा भाउमा पनि आज उच्च बृद्धी भएकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतिताेला ५ सय रूपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ३ सय रूपैयाँ कायम भएकाे छ । मंगलबार नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा काराेवार भएकाे छ । तेजाबी सुनकाे मूल्यमा पनि प्रति ताेला ५ सय रूपैयाँले बृद्धी भएकाे छ ।

यसैगरी, चाँदीकाे मूल्यमा समेत बृद्धी भएकाे छ । हिजाे चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५५ रूपैयाँ थियाे भने आज प्रति ताेला १५ रूपैयाँले बढेर १ हजार २ सय ७० रूपैयाँमा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा फेरबदल आएकाले नेपालमा पनि भाउ घटबढ भएकाे छ । दिनदिनै घटबढ भैरहने सुनचाँदीकाे मूल्य भाेलीका दिनहरूमा के हुन्छ भनेर किटानीकासाथ भन्न नसकिने व्यवसायीहरू बताउँछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *