सर्वसाधारणका लागि सन नेपाल लाइफको आईपीओ खुल्याे

इन्भेष्टाेपेपर । साउन ३२, २०८०

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले अंकित मूल्य १ सयमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँका दरले प्राथमिक सेयरको बिक्री खुला गरेको हो ।

पहिलाे चरणकाे सेयर वितरण पश्च्यात सर्वसाधारणका लागि ७६ लाख ८० हजार कित्ता सेयर खुला भएको हो । कम्पनीले ८ लाख ६० हजार कित्ता शेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई, ४ लाख ८० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ४ लाख ८० हजार कित्ता शेयर कर्मचारीहरुलाई वितरण गरी बाँटफाँट गरिसकेको छ ।

यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुको आफ्नो खाता रहेको शाखा तथा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि ९६ लाख कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० रुपैयाँ पुग्नेछ । चैत मसान्तसम्म सार्वजनिक कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ छ भने सञ्चित नाफा ८१ करोड रुपैयाँ बराबर छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी त्रिपल बी माइनस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी जनाउँदछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *