आज दिउँसो कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिँदै

न्भेष्टाेपेपर । पुस २८, २०८१

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबहाली गरेका दिन मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको कृषि अनुदान विवरण सार्वजानिक गरिने प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियाे ।

उहाँले भन्नुभयाे, “गरिब, विपन्न किसानले कृषि अनुदान प्राप्त सकुन् भन्ने मेरो ध्येय हो । कृषि अनुदान वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शी बनाउनु जरुरी छ । यसैका लागि मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको हो ।”

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *