आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच छुट सम्बन्धि सम्झौता

इन्भेष्टाेपेपर ।  असार ६, २०७९

काठमाण्डाैँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टिम सेन्टर STEM Center (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहक महानुभावहरुलाई स्टिम सेन्टर बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने स्वास्थ्य जाँच तथा परिक्षण सेवाहरुमा १५% सम्म छुट प्राप्त हुने छ ।

साथै आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले स्टिम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरुआइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त हुने छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *