श्री इन्भेष्टमेन्टको १३ प्रतिशत लाभांश प्रस्तावः बाेनस कति ?

Investopaper, असाैज १८, २०७६

काठमाडौं — श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवको २०७५/७६ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

असोज १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालन समितिले २ दशमलव ३५ प्रतिशत बोनस शेयर र १० दशमलव ६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको सो निर्णय आगामी २५औं साधारण सभामा अनुमोदनका पेश गर्ने निर्णय कम्पनीले गरेको छ । हाल कम्पनीको चुक्तापूँजी  ८१ करोड रुपैयाँ रहेको छ । बोनस शेयर पश्चात यो पुँजी ८२ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *