के पुरुषमा यौन क्षमता महिलाहरुले सुँघेरै थाहा पाउँछन् ?

न्भेष्टाेपेपर । जेठ ४, २०८०

कुनैपनि पुरुषमा पुरुषत्व कति छ ? अर्थात् यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउने एक अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका शरीरबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति बढि आकषिर्त हुन्छन् ।

अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो । अध्ययनका क्रममा केही पुरुषहरुलाई दुइ रातसम्म एउटै टिसर्ट लगाउन दिइएको थियो र उनीहरुलाई सरीरमा कुनैपनि सेन्ट छर्किन नदिइ धूमपान, मध्यपानका साथै लुसन, प्याज, खुर्सानी तथा अरु बासनायुक्त खाना खान समेत दिइएन ।

त्यसपछि ती पुरुषहरुको शरीरबाट उनीहरुले लगाएका टिसर्ट फुकाली महिलाहरुलाई सुँघ्न दिइयो र कुन टिसर्टको गन्ध मन पर्यो ? परेन ? भनेर सोधियो साथै उनीहरु रजस्वला चक्रको कुन अवस्थामा छन् भन्ने कुरा पनि सोधियो ।

शोधकर्ताहरुले टिसर्ट लगाउने पुरुषहरुको र्यालको नमूना लिएर हर्मोनको मात्रा समेत चेकजाँच गर्दा नतिजाले के देखायो भने आफ्नो रजस्वला चक्रको पिकमा रहेका महिलाहरुले बढि हर्मोनयुक्त पुरुषले लगाएको टिसर्टको गन्ध मन पराए र त्यो टिसर्टको गन्ध मनलाग्दो, सेक्सी भएको जवाफ दिए ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *