कविता : शिशिर यामकी चरी
— विष्णुहरि पौडेल
छन्द :- इन्दिरा
अघि वसन्तले मन्पराउँथ्यो।
शरद(चन्द्रले झन् सराउँथ्यो।
विगतका खुशी साँच्न जानिन।
शिशिरमा भयो कष्ट धानिन।१।
रहर छन निकै स्वप्न सुन्दर।
स्वजन को भनूँ साथ को छ र ?
रुख छ एउटै जन्मको घर।
मन छ फेर्न यो माइती(थर।२।
मधुर(मासमा प्रेम लाइन।
समय घर्कियो साथ पाइन ।
बरफ भै जमे आज चाहना।
पुस र मारघले दिनछ यातना।३।
फसल छैन खै फूल या फल ?
वन निकुञ्जमा छैन काफल।
नगद झिक्तथें छैन सञ्चिति।
नियति कोल्टियो खेप्छु बेथिति।४।
न त कतै फुले फूल प्याउली।
रुन नि बिर्सँने भै’छ न्याउली।
अलप झैं भयो कोइली धुन।
बिलखबन्दमा जल्छ जोबन।५।
रुख नि नाङ्गिए छैन जंगल।
दिन(दशा चले छैन मंगल।
कटुस पातको भत्कियो गुँड।
पुस चिसो हुँदा काठियो ठुँड।६।
हिउँ छ चौदिशा छैन दौंतरी।
दिन र रात नै रुन्छु धर्धरी।
शुरु छ याम यो शीत सिर्सिर।
शिशिर मध्य के गर्छ आखिर रु७।
सिरक ओढ्नु के छैन च्यादर।
छत विना चिसो पातको घर।
व्रत छ दिन्दिनै छैन भोजन
।विकल यो चरी गर्छु रोउन।८।
सरर घुस्छ झन् शीतको सुई।
बरफ,वायुले चढ्दियो बुई।
शिशिर यामको जात बैगुन।
नजर लाइदे मास फाल्गुण।९।
