सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढ्छ : मन्त्री भट्ट
इन्भेष्टाेपेपर । कार्तिक १२, २०७७
कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनि गरिने बताउनु भएकाे छ ।
मंगलवार महाकाली नगरपालिका–१ मा सुक्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उहााले सरकारले प्राथमिकताका साथ बन्दरगाह निर्माणको कामलाई अगाडि बढाउने बताउनु भयाे । वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थिति बुझेर प्रक्रिया शुरु गर्ने उहाँले बताउनु भयाे ।
मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो ।
सुक्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम शुरु गरेको बताइएको छ । मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गते देखि काम शुरु गर्ने बताइएको छ । रासस
