ब्रतमा समेत खान मिल्ने सिधे नुन खादाँ हुन्छन् अनेकाैँ फाइदा !

न्भेष्टाेपेपर । चैत्र १०, २०८०

हामीले दैनिक खाने खानामा एवं अन्य परिकारहरूमा नुन नभए बेस्वादिलो हुन्छ । त्यसैले खानामा नुनको महत्वपूर्ण स्थान छ । खानामा प्रयोग हुने र बिहान बेलुकै खाइने नुनले स्वास्थ्यमा पुर्याउने लाभहानी बारे हामीले जानकारी राख्नु समेत जरुरी छ ।

हामीले भोजनमा प्रायः जसो सेतो वा आयोडिन नुनको प्रयोग गर्छौं । सेतो नुनको अत्यधिक प्रयोगले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पनि पर्न सक्छ । हामीले सेतो नुनको साटो सिधे नुनको प्रयोग गर्न सक्छौं । सिधे नुन हल्का खैरो/गुलावी रंगको हुन्छ । सिधे नुन सबै नुनभन्दा राम्रो मानिन्छ । आयुर्वेदमा समेत यस नुनको उपयोगिताबारे उल्लेख छ ।

सिधे नुनको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा गर्ने गर्छ । सिधे नुनको रासायनिक नाम सोडियम क्लोराइड हो । आयोडिनयुक्त नुन जस्तै सिधे नुन पनि खानामा प्रयोग गरेर सेवन गर्न सकिन्छ । आफ्नो स्वाद अनुसार खानामा प्रयोग गर्न सकिन्छ ।

आयुर्वेदमा सिधे नुनलाई सबैभन्दा शुद्ध र हल्का मानिन्छ । यसले पाचन प्रक्रियालाई पनि दुरुस्त राख्छ । शरीरलाई सितल राख्न सहयोग गर्छ । सिधे नुन धेरैजसो व्रत बस्ने क्रममा प्रयोग हुनेगर्छ । व्रतमा नुन सेवन नगर्दा आयोडिनको कमी हुने गर्छ । साथसाथै मांशपेसीमा पनि असर पुग्छ । त्यही कारण सिधे नुन सेवन गर्नु जरुरी हुन्छ ।

यो प्रशोधन नगरिएको हुँदा यसमा रहेको पोषक तत्व जस्ताको तस्तै प्राप्त हुन्छ । सिधे नुनमा सल्फर, पोटासियम, क्याल्सियम आइरनलगायतका शरीरलाई आवश्यक पर्ने खनिज तत्व प्रशस्त मात्रामा पाइन्छ । यसकासाथै यसमा ९० प्रतिशत मिनरल हुन्छ ।

सिधे नुनका यस्ता छन् फाइदाहरु

सिधे नुनले अनिन्द्रा, अस्थामा, मधुमेह, पथ्थरी, मोटोपन, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, यसको नियमित सेवनले आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्या पनि नियन्त्रण हुन्छ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।

  • उच्च रक्तचाप नियन्त्रित हुन्छ
  • मुटुका रोगहरुबाट बचाउँछ
  • पाचन र तौल घटाउनका सहयोग पुर्याउने
  • यसले पाचन रस बनाउने हुनाले कब्जियतबाट राहत पाउन मद्दत पुर्‍याउँछ
  • कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुर्‍याउँछ
  • शरीरमा सेरोटोनिन र मेलाटोनिन हर्मोनको स्तर कायम गर्छ, तनाव कम गर्छ
  • मांसपेशी दुखाई वा हड्डीहरूसम्बन्धी कुनै समस्या कम गर्छ
  • हृदयघातको सम्भावना कम गर्छ
  • शरीरमा चिनीको मात्रा नियन्त्रण गरी मधुमेह हुनबाट बचाउँछ
  • छाला र दन्त रोगहरूमा फाइदाजनक
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *