ग्लोबल मनी विक : कृषि विकास बैंकको ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सम्पन्न

न्भेष्टाेपेपर । चैत्र ९, २०८०

काठमाडौं। कृषि विकास बैंकले धनुषाको यदुकुहामा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकको मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा शहीदनगर–३ स्थित जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बुधवार उक्त कार्यक्रम गरिएको हो ।

ग्लोबल मनी विक २०२४ को अवसर पारेर आयोजित कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थी र सोही विद्यालयका शिक्षकहरूको सहभागिता थियो । कार्यक्रममा बचत, बचतको सदुपयोग, पैसाको सुरक्षा, डिजिटल प्रोडक्टका विशेषता लगायत विषयमा जानकारी दिइएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *