राष्ट्रिय स्वतन्त्र पार्टीकाे निर्वाचन वाचापत्र सार्वजनिक (पूर्णपाठ)

इन्भेष्टाेपेपर ।  कार्तिक १७, २०७९

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार रवि लामिछाने नेतृत्वको रास्वपाले निर्वाचनका लागि वाचापत्र सार्वजनिक गरेको हो ।

पार्टीले सार्वजनिक गरेकाे घोषणापत्रमा २३ वटा बाचा गरेको छ । निर्वाचन प्रक्रियामा सुधारसहित अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थाकाे मुद्दा समेटिएकाे छ । त्यस्तै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका विकासका लागि आफ्नो पार्टीले गर्ने काम पनि रविले अघि सारेका छन् ।

अबको ३१ वर्षपछि अर्थात् विसं. २११० मा गरिबीको सङ्ख्या शून्यमा झार्ने अठोट गरिएको छ ।वाचापत्रमा भनिएको छ, ‘‘गरिबीको रेखामुनि रहेका नेपालीको सङ्ख्या शून्य हुनेछ । सबै नागरिकको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनेछ ।’’ त्यस्तै, गाउँ र सहरलाई आधुनिक सुविधासम्पन्न बनाइने छ ।

भ्रष्ट्रचार गरिन्न र गर्नेलाइ छाेडिन्न भन्दै भष्ट्राचारी आशंका गरिएका र देशव्यापी विवाद बहस भएका मुद्दाका फाइलहरु खोलिने बताइएकाे छ ।

याे पनि पढनु हुन्छ कि ? नेकपा (एमाले) को घोषणापत्र सार्वजनिक : २० कामकाे ग्यारेन्टी (पूर्णपाठसहित)

कुनै पनि राजनीतिक दलमा नलागेकाे वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । बिहीबार सो पार्टीको सार्वजनिक गरेको घोषणापत्रमा शासकीय स्वरूपबारे यस्तो व्यवस्था गर्ने बताएको हो ।

वडा अध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा उल्लेख छ । यस्तै जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरेको छ ।

हेर्नुहाेस राष्ट्रिय स्वतन्त्र पार्टीकाे वाचापत्रः

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *