पूर्व प्रधानसेनापतिलाई भ्रष्ट्राचारकाे अभियाेगमा आजीवन जेल सजाय
Investopaper, Feb 21, 2019
वेर्इझिंगः चीनका पुर्व सेनापतिलाई आजीवन जेल सजाय सुनाइएको छ । चीनका पूर्वप्रधान सेनापति फाङ फेङघुईलाई आजीवन काराबासको सजाय दिने फैसला भएको हो । भ्रष्टाचारविरुद्धको महा अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेको चिनियाँ सरकारी सञ्चारमाध्य सिन्हवाले जनाएको छ ।
चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका हुन् । उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो । सैन्य अदालतले नै उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको भन्दैं राष्ट्रपति सि जिन पिङ्ले विशेष अभियान थालेका छन् । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा पर्ने क्रम जारी रहेको छ । सिन्हवा
