सुनको मूल्यमा गिरावट

न्भेष्टाेपेपर । पुस ४, २०८१

काठमाडौं ।  बिहीबार नेपाली बजारमा सुन प्रतितोला एक हजार सात सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन आज एक हजार सात सयले घटेर तोलाको एक लाख ४९ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि बुधबार सुन तोलामा एक लाख ५० हजार सात सय रुपियाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५५ ले घटेर तोलाको एक हजार ७८० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी तोलाको एक हजार ८३५ रुपियाँ थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *