ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

न्भेष्टाेपेपर । कात्तिक २२, २०८०

काठमाण्डाैँ । कर्णाली प्रदेशको जाजरकोट कार्तिक १७ गते शुक्रबार गएको भुकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोट सँग​को समन्वयमा पिडितहरुलाई आर्थिक सहयोग गरेको छ।

सो अन्तर्गत बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भुकम्प प्रभावित राहत कोषमा रु. ५ लाख आर्थिक सहयोग गरेको छ। उक्त रकम ज्योति विकास बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो।

संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउने कार्यलाई  ज्योति विकास बैंकले निरन्तरता प्रदान गर्दै आएको छ​। ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *