नयाँ सरकारकाे पहिलाे नियुक्ति : महान्यायाधिवक्तामा सविता भण्डारी

न्भेष्टाेपेपर ।  भदाै  २९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गर्नुभएकाे छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमाराष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएकाे हाे ।

देशले पहिलाे महिला प्रधानमन्त्री पाएकाे यस अवधिमा उहाँकाे नियुक्तिसंगै देशले पहिलो महिला महान्यायाधिवक्तासमेत पाएकाे छ । 

पूर्व महान्यायाधिवक्ता रमेश बडालले दिएकाे राजीनामा आजै स्वीकृत भएकाे थियाे । नवनियुक्त महान्यायाधिवक्ता भण्डारी सूचना आयोगकी पूर्वआयुक्त पनि हुनुहुन्थ्याे।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *