करीब १४ वर्षपछि पाकिस्तान र बङ्गलादेशबीच उडान पुनः शुरू

इन्भेष्टाेपेपर ।  माघ १६, २०८२

ढाका ।  बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले करीब १४ वर्षकाे समय अन्तरालपछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष उडान पुनः सुरु गरेको जनाइएको छ ।

सन् २०१२ देखि बङ्गलादेश र पाकिस्तानका नागरिकले दुबई र दोहाजस्ता खाडीका विमानस्थल हुँदै यात्रा गर्नुपरेको थियो । दुई देशबीच लामो समयदेखि असहज रहेको सम्बन्धमा सुधार आएपछि दुई देशबीचको उडान पुनः शुरू भएको हाे ।

ढाकाबाट सुरुवाती उडान, बीजी-३४१ हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कराचीका लागि बिहीबार स्थानीय समयअनुसार बेलुका करिब ८ बजे १३८ यात्रु बोकेर भएको थियो । बङ्गलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सल्लाहकार शेख बशीर उद्दीन र बङ्गलादेशका लागि पाकिस्तानका उच्चायुक्त इमरान हैदरले संयुक्त रूपमा रिबन काटेर विमानस्थलमा आयोजित उदघाटन समारोह उदघाटन गरेका थिए ।

राष्ट्रिय ध्वजावाहक कम्पनीले ढाका-कराची उडान हरेक बिहीबार र शनिबार सञ्चालन हुने बताएको छ । प्रत्यक्ष उडान पुन : सुरु गर्नाले दुइ  देश बिच यात्रा सजिलो हुने र दुई दक्षिण एसियाली देश बिचको व्यापारलाई सहज बनाउने अपेक्षा गरिएको छ । बङ्गलादेश र पाकिस्तानबिचको द्विपक्षीय सम्बन्ध सुधार हुँदै जाँदा प्रत्यक्ष उडान सम्भव भएको जनाइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *