हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
इन्भेष्टाेपेपर । पुस १८, २०८२
बाँके । पूर्वी तराईका केही ठाउँमा हिजोदेखि घाम लागेपनि बाँकेलगायत पश्चिम तराईमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ ।
चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुल्ने गरेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार छिट्टै सुनसान हुन थालेका छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा गाडी चलाउन पनि समस्या भएको छ ।
चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले बताउनुभयो । हिजोआज अस्पतालमा १ सय बढी निमोनिया र रुघाखोकीका बिरामी आउने गरेका जानकारी उहाँले बताउनुभयो ।
