कृषि विकास बैंकमा विदेशि मुद्राको बैंक खाता

इन्भेष्टोपेपर । माघ २, २०७८

काठमाण्डाैँ । कृषिविकास बैंकको आउंदो माघ ७ गते हुनगईरहेको ५५औ वार्षिक उत्सवका अवसरमा गैह्र आवाशीय नेपालीकालागि विदेशिी मुद्राको वचत तथा मुद्धती खाताको प्रोडक्ट जारी गर्ने भएकाे छ ।

अनलाईनबाट विदेशीमुद्राको खाताखोल्ने प्रणालीको शुरुवातपश्चातविदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाताखोल्ने फारम भरी आवश्यककागजातअपलोड गरी शुन्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्दछन् । यसबाट विदेशमा रहेका गैह्र आवाशीय नेपाली तथा विदेशी मुद्रामा तलवभत्ता प्राप्त गर्ने नेपालमा रहेको विदेशी नागरीकले आफ्नै घर/कार्यालयमा बसि बैंक खाता खोल्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेको एंव खाता खोल्नको लागि बैंकको वेभसाईटमा गै खाता खोल्न सक्ने व्यवस्था मिलाएको शाखा व्यवस्थापन विभागका का.मु. विभागीय प्रमुख रुक्मिणी भट्ट उपाध्यायले वताउनुभयाे । सरकारी बैंकहरुमा निक्षेप तथा कर्जाका सेवामा विविधिकरण गर्दै प्रतिस्पर्धि वित्तीय वजारमा दिगो सेवा विस्तार गर्न कृषि विकास बैंक लागि परेको छ । यो सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाताखोल्न सकिनेछ ।

विदेशबाट शुन्य मौज्दातमा खाता खोली स्विफ्ट मार्फत रकम पठाई खातामाजम्मागर्न सकिने व्यवस्था बैंकले गरेको छ । विदेशी मुद्राको खातामाप्रदान गरीने व्याजमा समेत यो बैंक अन्य बैंक भन्दा अगाडी रहेको छ । हालका लागि विदेशी मुद्राको मुद्धती खातामा ५.५ प्रतिशत र वचत खातामा ४.७५ प्रतिशत व्याज दिन सकिने कुरा बैंकले प्रकाशित गरेको व्याजदर सम्वन्धि सुचनामाउल्लेख गरेको छ ।

यस अघि रेमिटान्स वचत खाता र रेमिटान्स मुद्धती खाता समेत सुरु गरी सेकेको र रेमिटान्स वचत खातामा ७.१० तथा रेमिटान्स मुद्धती खातामा ११.०५ प्रतिशत व्याज प्रदान गरिरहेको बैंकले जनाएको छ । यसका साथै विदेशमा रहेका नेपालीले रेमिटान्स पठाउने प्रयोजनका लागि विदेशबाटै अनलाईनका माध्यमबाट नेपाली मुद्रामा वचत तथा मुद्धती खाता खोल्न सकिनेछ ।

प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्रीबनाउदै बैकिङ्ग कारोवारको दायरा फराकिलो वनाउन बैंक सधै दत्तचित रहेको हाल बैंकर्स एसोसियसन समेतको नेतृत्व सम्हाल्नुभएका बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले वताउनु भयाे।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *