जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

इन्भेष्टाेपेपर ।  असार २४, २०७९

टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ । जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहनुभएका उहाँलाई शुक्रबार बिहान गोली हानिएको हो ।

सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उहाँलाई पछाडिबाट गोली प्रहार भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानी टेलिभिजन एनएचकेले दिएको जानकारीमा उहाँलाई गोली लागेको ठाउँबाट रगत बगिरहेको छ । उहाँ अहिले बेहोस अवस्थामा रहनुभएको पनि यहाँका मिडियाले जनाएका छन् ।

नाराको स्थानीय प्रहरीले उहाँलाई नजिकैको एक अस्पतालमा कोमामा राखिएको छ । नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उहाँको अवस्था गम्भीर रहेको यहाँका मिडियाले जनाएका छन् । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *