सर्वसाधारणकाे लागि अपर हेवाखोला हाइड्रोपावरको आईपीओ निष्कासन

इन्भेष्टाेपेपर ।  असार २४, २०७९

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गते (आज) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर वितरण गर्न लागेको हो । निष्काशन गरिने कुल कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी १३ लाख ९५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । 

यो आईपीओ छिटोमा असार २८ गतेसम्म विक्री रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन ६ गतेसम्म विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ ।  

आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

यो आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । खरीदकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *