लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्स बीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न

इन्भेष्टाेपेपर ।  असाैज ६, २०७९

काठमाण्डाैँ । निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न भएको छ ।

उक्त समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका तर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गर्नुभएको हो ।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पु¥याइरहेको उर्जा डेभलपर्ससँग सहकार्र्य गर्दै इक्विटी लगानी गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो ।

उर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले इक्विटी लगानीका लागि लक्ष्मी क्यापिटललाई आभार व्यक्त गदै लक्ष्मी क्यापिटल संगको यस सम्झौताले उर्जा डेभलपर्सको पोर्टफोलियो र कम्पनी अन्तर्गत रहेका अन्य परियोजनाहरूको लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *