नेपाल बंगलादेश क्यापिटलको साधारण सभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश पारित
इन्भेष्टोपेपर । आश्विन १९, २०७८
काठमाणडाैं । नेपाल बंगलादेश क्यापिटलको तेस्रो बार्षिक साधारण सभा इन्द्रेणी फुडल्याण्ड, बानेश्वर, काठमाण्डौंमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तमा कायम रहेको रु.२०,००,००,०००।- चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने रकम रु.३,८०,००,०००।- कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।
यसैगरि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित भएको छ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ ।
