गजल : तिमी बिनाको
— साहित्य प्रेमी राधा
तिमी बिनाको सफल जुनि, जियर के गरुँ
मेटिंदैन प्यास तिम्रो, खोली पियर के गरुँ ।।
नसोचेको पलछैन, मैल नरोएको रात छैन
शब्द शब्दले च्यातिन्छ मुटु, सियर के गरुँ ।।
बिना गल्ती दुखेर गयौ, मुखैमा थुकेर गयौ
टुटेको बिस्वासलाइ सबुत, दियर के गरुँ ।।
मान्दैन मनले क्षणिक खुसी, लियर के गरुँ
मेटिंदैन प्यास तिम्रो, खोली पियर के गरुँ ।।
