एनसेल कर विवादमा सर्वाेच्च अदालतलकाे फैसलाः लाभकर एनसेल एक्जिायाटाले नै तिर्नुपर्ने

Investopaper

ठूला करदाता कार्यालयले गत वर्ष असारमा निर्धारण गरेको तथ्यांकअनुसार उक्त कारोबारमा कुल कर ३५ अर्ब ९१ करोड १३ लाखभन्दा धेरै निर्धारण गरेको थियो। कर समयमा दाखिला नगरेबापत विलम्ब शुल्क १८ अर्ब ६ करोड र ६ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ ब्याजसहित कुल ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ निर्धारण गरिएको थियो ।

सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशपछि एनसेलको मुख्य लगानीकर्ता आक्जियाटाले सरकारलाई ६१ अर्बभन्दा धेरै कर तिर्नुपर्ने भएको छ। यो रकम एनसेल कारोबारमा लाग्ने कर, शुल्क र ब्याजसहित हो। ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्माले २०७४ असार १३ गतेसम्म कर, जरिबाना, ब्याजसहित ६० अर्ब ७१ करोड २४ लाखभन्दा धेरै कर निर्धारण भएको बताए। त्यसपछिको करमा लाग्ने ब्याज र जरिबाना हिसाब गर्न बाँकी रहेकाले यसमा त्यो रकम थप हुनेछ।

२०७२ पुस ७ गते एनसेलको सेयर होल्डर ‘रेनोल्ड होल्डिङ्स’ को ८० प्रतिशत सेयर ‘टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्स’ ले मलेसियन कम्पनी आक्जियाटालाई करिब एक खर्ब ४० अर्ब रुपैयाँमा सेयर बिक्री गरेको थियो। त्यस्तै, स्थानीय साझेदार निरजगोविन्द श्रेष्ठकोे नाममा रहेको २० प्रतिशत सेयर पनि बिक्री भएको थियो।

मुलुककै सबैभन्दा ठूलो कर्पोरेट खरिदबिक्रीमा विक्रेता टेलियासोनेराले राज्यलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरी बाहिरिएको थियो। त्यसपछिको तीन वर्षसम्म यस विषयले चर्चा पाउँदै आएको छ। सरकारको विभिन्न प्रयत्न, विवाद, मुद्दापछि बुधबार सर्वोच्च अदालतबाट आक्जियाटा र एनसेलले उक्त कर तिर्नुपर्ने फैसला गरेको हो।

ठूला करदाता कार्यालयले गत वर्ष असारमा निर्धारण गरेको तथ्यांकअनुसार उक्त कारोबारमा कुल कर ३५ अर्ब ९१ करोड १३ लाखभन्दा धेरै निर्धारण गरेको थियो। कर समयमा दाखिला नगरेबापत विलम्ब शुल्क १८ अर्ब ६ करोड र ६ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ ब्याजसहित कुल ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ निर्धारण गरिएको थियो। यो रकम अर्थ मन्त्रालयले मंसिर २२ मा संघीय संसद्को लेखा समितिमा प्रस्तुत गरेको थियो। उक्त विवरण २०७४ असार १३ गतेसम्मको मात्र भएकाले त्यसपछिको ब्याज र जरिबाना थप हुनेछ।

यस कारोबारमा नेपाली साझेदार श्रेष्ठका नाममा रहेको २० प्रतिशत सेयर भावनासिंह प्रधानले खरिद गर्दा लागेको पुँजीगत लाभबापत दुई अर्ब ८३ करोड १५ लाख रुपैयाँ २०७२ चैत २९ मा ठूला करदाता कार्यालयमा दाखिला गरिएको थियो। यसैबीच एनसेलले टेलियासोनेराका तर्फबाट र नपुग अग्रिम कर भन्दै २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको थियो।

उसले २०७३ वैशाख २६ मा टेलियासोनेरा ग्रुपका तर्फबाट भन्दै नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार र २०७४ जेठ २१ गते नपुग अग्रिम कर र त्यसमा लाग्ने ब्याजसहित १३ अर्ब ६० करोड ४७ लाख १९ हजार रुपैयाँ दाखिला गरेको थियो। २०७४ जेठ २१ मा एनसेलबाट नपुग अग्रम कर र ब्याजसहित थप १३ अर्ब ६० करोड ठूला करदाता कार्यालयमा दाखिला गरेको उसको तथ्यांकमा उल्लेख छ।

नागरिक दैनिकमा प्रकाशित समाचार। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *