११ महिनामा सुनकाे आयात ४० प्रतिशतले घट्यो, चाँदीको बढ्याे

न्भेष्टाेपेपर । असार २४, २०८१

काठमाडौँ ।  ११ महिनामा बजारमा सुनको आयात ४० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेर २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपियाँ बराबरको दुुई हजार ६५१ केजी सुन आयात भएको छ ।

गत वर्ष सो अवधिमा ४३ अर्ब ५३ करोड ९२ लाख ८८ हजार रुपियाँको आयात भएको थियो । यो वर्ष सुनको मूल्य लगातार बढेपछि बजारमा खपत कम हुुँदा आयातमा समेत कमी आएको हो । गत आवभरिमा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको थियो । 

यसैबिच चाँदीको आयात भने ३४ प्रतिशतले बढेको छ । विभागको तथ्याङ्क अनुसार चालुु आवको ११ महिनामा तीन अर्ब १५ करोड १३ लाख १७ हजार रुपियाँ बराबरको चाँदी आयात भएको छ । गत वर्ष सो अवधिमा दुुई अर्ब ३३ करोड ९७ लाख ६३ हजार रुपियाँ बराबरको चाँदी आयात भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *