सुनको भाउमा फेरि कीर्तिमान : आज तोलामा ५७०० ले बृद्धी

न्भेष्टाेपेपर ।  चैत २८, २०८१

काठमाण्डौ । आज सुनको भाउमा अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज एकैदिन सुनको भाउ तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको  एक लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । गएको बिहिवार सुनको भाउ एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता लगातार घटिरहेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हाे ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ३५ रुपैयाँ कायम भएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *