सुनको मूल्यमा वृद्धि, १ लाख ७० हजार नाघ्याे

न्भेष्टाेपेपर । माघ २९, २०८१

काठमाण्डाैँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबारको बजारमा चाँदी एक हजार ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *