सुनको मूल्यले बनायाे नयाँ रेकर्ड : हालसम्मकै उच्च

न्भेष्टाेपेपर । फागुन २२, २०८०

काठमाडौँ   । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख २३ हजार निर्धारण गरिएकोे छ । 

अघिल्लो दिन प्रतितोला रु. एक लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख २२ हजार चार सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. एक लाख २० हजार चार सय थियो ।    

 त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ३५ले बढेर रु एक हजार चार सय ४५ तोकिएको महासङ्घले जनाएको छ । 

यसअघि गत पुस १२ गते प्रतितोला रु. एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *