खेलकुद क्षेत्रकाे विकासकाे लागी विश्वविद्यालय स्थापना गर्ने योजनामा सरकार

Investopaper, फागुन ०७, २०७५

काठमाडौं– समग्र खेल क्षेत्रकाे विकास गर्ने उदेश्यकासाथ सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको छ ।

युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार (विश्वकर्मा) ले खेल प्रशिक्षक, कोच लगायतका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी दिनु भएकाे हाे । यस कार्यले खेल क्षेत्रकाे विकास तथा खेलाडीहरूकाे कला काैशलमा निखार अाउने उहांकाे भनार्इ रह्याे ।

 मंगलबार संघीय संसदको शिक्षा तथा  स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले खेलकुद विश्वविद्यालय स्थापना गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा अध्ययन कार्यदल नै गठन गरिएको पनि जानकारी दिनु भयाे । 

मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि सबै प्रदेशमा आधुनिक सुविधासम्पन्न रंगशाला निर्माणका लागि योजना रहेकाे तथा ३ वर्ष भित्र काठमाडौं उपत्यकामा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभाे ।

सरकारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुने गरी कामलाई अघि बढाएको दावी पनि गरेको छ ।

बैठकमा बोल्दै समितिका सदस्यहरुले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाउन, आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए । त्यस्तै खेलाडीको छनौट निष्पक्ष ढंगले गर्न तथा प्रतिभाशाली खेलाडीहरुलाई खेल खेल्न उचित वातावरण बनाउनु पर्ने अावश्यकता पनि अाैल्याएका थिए ।

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *