भ्रामक पुस्तक वितरणमा रोक लगाउँदै सरकार

न्भेष्टाेपेपर ।  चैत २२, २०८१

काठमाण्डाैँ । नेपाल सरकारले हिन्दू धर्मको भावनामा चोट पुर्याउने भ्रामक धार्मिक पुस्तकहरूको वितरणलाई लिएर विश्व हिन्दू परिषद्, नेपालको चिन्ता सम्बोधन गर्दै तत्काल कदम चालेको छ। पशुपतिनाथलगायतका धार्मिक स्थलहरूमा यस्ता पुस्तकहरू वितरण गरिएकोमा परिषद्को गम्भीर आपत्ति रहेको थियो।

विश्व हिन्दू परिषद्ले गृह मन्त्रालयलाई पत्राचार गर्दै कथित धर्मगुरु रामपाल श्री महाराजद्वारा लिखित पुस्तकमध्ये ज्ञान गंगा, जिउने मार्ग, लगायतका पुस्तकहरूले सनातन धर्मलाई गलत व्याख्या गर्दै धार्मिक समुदायहरूमा भ्रम उत्पन्न गराएको आरोप लगाएको थियो।

परिषद्ले उल्लेख गरेको छ कि यस्ता पुस्तकहरू जबर्जस्ती वितरण गरिएको थियो, जसले हिन्दू धर्मका भावनालाई आघात पुर्याएको छ। वैदिक सनातन धर्मको गलत व्याख्या गर्दै साम्प्रदायिक तनाव सिर्जना गर्न खोजिएको परिषद्को दाबी छ।

गृह मन्त्रालयले परिषद्बाट प्राप्त पत्रका आधारमा  जिल्ला प्रशासन कार्यालयलाई अनुसन्धान गरी उचित कदम चाल्न निर्देशन दिएको छ। सोही निर्देशनमा जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई तुरुन्त कारवाहीको आदेश दिएको छ। प्रहरीलाई यस्ता भ्रामक पुस्तकहरूको वितरण रोक्न, पुस्तकहरू जफत गर्न, तथा सामाजिक सद्भाव कायम राख्न निर्देशित गरिएको छ।

सरकारको यस कदमलाई विश्व हिन्दू परिषद् तथा अन्य धार्मिक संस्थाहरूले स्वागत गरेका छन्। उनीहरूले धार्मिक भावनाको सम्मान गर्दै सरकारद्वारा गरिएको त्वरित कदमको प्रशंसा गरेका छन्। 

यस घटनाले शान्ति सुरक्षाको आवश्यकता र धार्मिक सद्भाव कायम राख्न सरकारको प्रतिबद्धता झल्काएको छ। यस्ता विवादहरूलाई समाधान गर्न द्रुत कारवाहीको महत्वलाई यो घटनाले उजागर गरेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *