अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

इन्भेष्टाेपेपर ।  साउन ८, २०८३

जनकपुरधाम ।   गुठी र गुठी संस्थानका  अतिक्रमित जग्गाको खोजी सुरु भएको छ । 

भूमि अतिक्रमणमा सङ्घीय सरकारको चासो बढेपछि  संस्थानले जग्गाको लगत सङ्कलन र अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया प्रारम्भ गरेको हो । 

गुठी संस्थानले मठमन्दिर र पोखरी अतिक्रमण गरी भौतिक संरचना बनाएर बसेकाहरुलाई जग्गा खाली गर्न सूचना जारी गरेको छ । 

गुठी जग्गाको मालिक सम्बन्धित गुठी वा गुठी संथान हो, र गुठी जग्गालाई रैतानी गर्ने प्रक्रिया संविधानसँग बाझिएको भन्दै अदालतले विसं २०६४ माघ १० गतेको फैसलाबाट रोक लगाएको छ । 

गुठी जग्गा कमाउनेले स्वतः मोहियानी हक नपाउने सर्वोच्च अदालतको फैसलामा उल्लेख छ ।   

संस्थानका प्रशासन प्रमुख धु्रव घिमिरेको संयोजकत्वमा गठित कार्यदलले जनकपुरधामस्थित गुठी र गुठी संस्थानका जग्गा सात दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ 

 जनकपुरधाममा गुठी संस्थानका ४९ वटा पोखरी छन् । सात वटा पोखरीको लगत सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ भने पाँच वटा पोखरी लोप भइसकेको गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाले जानकारी दिनुभयो । 

पोखरी पुरेर बस्ती, होटल, अस्पताल, व्यापारिक प्रतिष्ठान र कलेज निर्माण गरिएको उहाँले बताउनुभयो । गुठी संस्थानसँग जग्गाको अद्यावधिक अभिलेख नरहेकाले अतिक्रमणको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन ।  

जनकपुरधाममा गुठी संस्थानका करिब २२ देखि २५ विघा जग्गा अतिक्रमणमा परेको हुन सक्ने अनुमान गरिएको छ ।   प्रमुख झाका अनुसार रत्न सागरमा करिब नौ बिघा र बेलाकुट्टीमा करिब चार बिघा भन्दा बढी जग्गा अतिक्रमणमा परेको अनुमान छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *