सबैले जान्नुपर्ने यौनसँग जोडिएका केही तथ्यहरु

इन्भेष्टोपेपर । आश्विन २३, २०७

आज हामी तपाईहरुलाई मानिसको जिवनमा महत्वपुर्ण हुने यौनका कारेमा केहि काम लाग्ने तथ्यहरु जनकारी दिन गईरहेका छौं । कण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको एक सर्भेक्षणका अनुसार स्वस्थ मानिसले वर्षमा औषतमा १०३ पटक, हप्तामा औषतमा १.९८ पटक तथा दिनमा ०.२८ पटक सम्भोग गर्छ ।

यदि तपाइँले जिवनमा यौनलाई सही ढंगबाट प्रयोग गर्नुभयो भने यसले विभिन्न खालका फाइदा प्रदान गर्छ । सम्भोगले तनावबाट मुक्ति दिलाउँछ र सरीरमा उर्जा समेत भर्दछ । टर्कीमा भएको एक अनुसन्धानले पुरुषमा यौनको क्षमता उसको शरिरको सुगठन सँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ । हट्टाकट्टा मानिसले औषत ७.३ मिनेटसम्म सम्भोग गर्छ भने दुब्लोपातलो मानिसको सम्भोगको अध्याय १०८ सेकेण्डमै समाप्त हुन्छ ।

सम्भोगका बेला सेरेटोनिन हर्मोनको उत्पादन बढ्छ । यसको मात्रा बढेसँगै मस्तिष्कमा रगतको प्रवाह सन्तुलित हुन्छ । टाउको दुखेको बेला सम्भोग गर्दा टाउको दुखाइ कम हुन्छ । सम्भोगका दौरान यौनांगको स्मर्शमा भन्दा पाइताला देखि घुँडासम्मको स्पर्शले बढि उत्तेजना पैदा गर्ने विज्ञहरुको भनाइ छ ।

एक नयाँ अध्ययनले कलेज जाने युवायुवतीहरु मध्ये किशोर तथा युवकले एक दिनमा १८ पटक सेक्सका बारेमा सोँच्ने र युवतीहरुले दिनमा १० पटक सेक्सका बारेमा सोँच्ने गरेको देखाएको छ ।वैज्ञानिकहरुले पुरुषको औँलाको लम्बाइले उसको गुप्तांगको लम्बाइ निर्धारण गर्ने तथ्य समेत पत्ता लगाएका छन् ।

साहिँली औँलाको लम्बाइ बढि हुने पुरुषको यौनांगको आकार ठूलो हुन्छ । अमेरिकामा गरिएको एक अध्ययनले ४० वर्ष सम्मका ५ प्रतिशत तथा ६५ वर्षसम्मका २५ प्रतिशत पुरुष शिघ्रस्खलनबाट पीडित छन् । शिघ्र स्खलन रोक्न २५ प्रतिशतले औषधि खाने गर्छन् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *