गाईको भूँडीमा प्वाल पारेर आयु बढाउन सकिन्छ ?

इन्भेष्टाेपेपर । असाैज ११, २०७७ 

अर्गानिक खेती अर्थात जैविक खेती अहिले कैयौ देशमा प्रचलनमा छ । कैयौं देशका किसान अहिले दीर्घकालीन खेती अर्थात लामो समयसम्म चल्ने खेतीको पनि प्रयोग गरिरहेका छन् । हालै अमेरिकामा एउटा यस्तै अनौठो प्रयोग गरिएको घटना सार्वजनिक भएको छ। कैयौं अर्गानिक डेरी किसान यो प्रयोग अन्तर्गत गाईको शरीरमा एउटा ठुलो प्वाल पार्ने गर्छन्।

शायद तपाईले यसप्रकारको गाई टेलिभिजन वा इन्टरनेटमा देख्नु भएको होला । तर, के तपाईलाई थाहा छ ? गाईको पेटमा पारिएको यो प्वालको कारण के हो ?

देख्दा निकै विचित्रको लाग्ने यो प्वाल वास्तवमा गाईको आयु बढाउन सफल भएको छ । वैज्ञानिकहरुका लागि गाईको भित्री भागको जाँच गर्न निकै कठिन हुने गर्दछ । यस्तो अवस्थामा गाईको शरीरमा एउटा प्वाल पारिन्छ । एउटा Fistulated गाईको पेट, बाहिरीसँग जोडिएको हुन्छ भने यो प्वाललाई एउटा प्लास्टिकको रिंगले बन्द गरिन्छ । यो सर्जरी गरेको एक महिनाभित्र गाई पूर्णरुपमा सहज अवस्थामा फर्कन्छ ।

गाईको पेटमा यो प्वाल पार्नुको उद्देश्य निकै स्पष्ट छ । यसको माध्यमबाट गाईको पाचन प्रक्रियाको बारेमा थाहा पाउन सकिन्छ । गाईले कुन खानेकुरा राम्रोसँग पचाउन सक्छ र कुन खानेकुराले उसलाई समस्या हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । यो सबै जानकारी यो प्रक्रियाबाट पत्ता लगाउन सकिन्छ । यसबाट गाईको पेटमा रहने ब्याक्टेरियाको बारेमा पनि सजिलै थाहा पाउन सकिन्छ । यो फिस्टुला गाईको शरीरको जुन भागमा खुल्छ, त्यसलाई Rumen  भन्ने गरिन्छ ।

गाईलाई खाना खुवाएपछि वैज्ञानिकहरुले यो फिस्टुला (प्वाल पारेर बनाएको स्थान) को प्रयोग गर्दछन् ताकि शरीरमा खाना कुन प्रकारले पचिरहेको छ भन्ने कुरा पत्ता लगाउँछन् । गाई यो प्रक्रियाबाट विचलित हुँदैन र आश्चर्यजनक रुपबाट यो गाईका लागि निकै लाभदायी हुन्छ। यो प्रक्रियाबाट गाईको आयु बढ्ने, रोग लागेको अवस्थामा गाईलाई औषधि सिधैं पेटमा दिन सकिने गर्दछ । यो Fistulated गाईको पेटमा रहेको माइक्रोब्स परीक्षणपछि अन्य जनावरमा पनि ट्रान्सफर गरिन्छ ।

तर, यो प्रक्रियाको कतिपयले विरोध पनि गरेका छन् । गाईको शरीरको एउटा हिस्सा निकालेर उसको पेटको संवेदनशील हिस्सा एक्सपोज गरिने यो प्रक्रिया विगत केही समयदेखि चलिरहेको छ । कतिले भलै यो मानुन् कि यो सर्जरीबाट गाईलाई कुनै हानी पुग्दैन । तर सर्जरीको ४–६ हप्तासम्म गाई असहज बनिरहन्छ ।

यो प्रक्रियाको आलोचक यसलाई केवल मासु र डेरी कम्पनीको फाइदाका रुपमा लिने गर्दछन् । यसका बावजुद यो प्रक्रिया विगत केही समयदेखि सुस्टेनेबल खेतीको एउटा तरिका मानिन थालेको छ। आलोचकहरुको भनाइअनुसार अमेरिकामा रहेको फेडरल एनिमल वेलफेयर एक्ट मात्रै एउटा यस्तो कानुन हो जसले परिक्षण गरिँदै गरेको जनावरको अधिकारका लागि बनेको छ ।

तर, गाईजस्तो जनावर जो खेतीपातीको काममा आउँछन्, त्यस्तो अवस्थामा योकानुन लागु हुँदैन । अर्थात स्पष्ट छ यो  Fistulated गाईसँग क्रुरताको सामना गर्नका लागि अहिलेसम्म कानुनी संरक्षण छैन ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *