जनकपुरधाममा आज मनाइयो होली

न्भेष्टाेपेपर । चैत्र १४, २०८०

जनकपुर । जनकपुरधाममा आज होली मनाइएको छ । बुधवार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो । एक अर्कालाई रङ दलेर जनकपुर धाममा होली मनाइएको छ । तराईका अन्य ठाउँमा भने सोमवार न होली मनाइएको हो ।

होलीको अवसरमा जनकपुरधाममा विभिन्न परिकारका मालपुवा, दालको पुरी लगायतका भोजन बनाएर खाने–खुवाउने र एक अर्कालाई रङ–अविर लगाएर खुसीयाली मनाउने चलन पनि विद्यमान छ । हिमाली र पहाडी जिल्लाहरुमा आईतवार  तथा तराईका अन्य जिल्लाहरुमा सोमवार होली मनाइसकिएको छ ।

मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तः गृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा होली मनाउने गरिन्छ । तर यस पटक सोमवार अन्तरगृह परिक्रमा सकिएको र मंगलवार साधु सन्तहरुले मनाए पनि अन्य ८० प्रतिशत नागरिकहरुले भने बुधवारमात्रै होली मनाएका हुन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *