कृषि विकास बैंकद्वारा ग्लाेवल मनि विककाे अवसरमा बिद्यार्थिसंग बैंक कार्यक्रम सम्पन्न

न्भेष्टाेपेपर । चैत्र १४, २०८०

काठमाण्डाैँ । ग्लाेवल मनि विककाे अवसरमा कृषि बिकास बैंक लि. गण्डकी र लुम्बीनी प्रदेशको आयोजनामा पुर्बि नवलपरासी जिल्लाको अमलटारी होमस्टे, रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरियाे ।

उक्त विद्यालयमा एघार र वाह्र कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंकका उपमाहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले बित्तीय साक्षरता कार्यक्रममा प्रशिक्षण दिनुभयाे । वित्तीय साक्षरता कार्यक्रममा विद्युतिय बैंकिंग सेवा, बचत गर्ने बानीको बिकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयमा जानकारी गराउनु भएकाे थियाे ।

साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादन मुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पर्नु भयो । उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो ।

बिश्व बैंकको आह्वानमा यस बर्ष मार्च १८ देखि २४ सम्मलाई Protect your money, protect your future भन्ने नारा सहित ग्लाेवल मनि वीकको रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *