रुघा लागेर विरामी पर्दा बच्ने केही घरेलु उपायहरु

इन्भेष्टोपेपर । जेष्ठ १९, २०७

हामीले कफजन्य  खानाहरु  जस्तै चिसो हावाचिसो पानीफ्रिजमा राखिएका खानाहहरु खाएका कारणले नाकमा श्वास आएर रोकिन्छ र बिस्तारै गाढा या पातालो पानी बनेर नाकबाट झर्न थाल्दछ । त्यसैलाई रुघा भनिन्छ ।

यसका लक्षणहरु

– नाकबाट पानी बग्नु

– हाच्छ्युँ आइरहनु

– टाउको दुख्नु र हल्का ज्वरो समेत आउन सक्छ

– पटकपटक नाकबाट भित्रतर्फ जोडले श्वास तान्नु आदि ।

यसरी गर्न सकिन्छ घरेलु उपचार

१. कालो मरीचसख्खर र दहीलाई मिलाएर खानाले बन्द नाकको श्वास खुल्दछ ।

२. उमालेर आधा भएको पानी राती सुत्ने समयमा दैनिक पिउनाले फाइदा हुन्छ ।

३. सुठोकूटपिप्पलीबेलको गुदी र अंगुको पानी उमालेर एक चौथाई पार्नुहोस् । त्यसलाई छानेर त्यसमा त्यति नै सरसिउँको तेल हालेर उमाल्नुहोस । पानी घटेपछि त्यसलाई चिसो पारेर नाकमा हाल्नाले हाच्छ्युँ आउन बन्द हुन्छ ।

४. घिउगुग्गल (एउटा काँडेदार रुख र त्यसको बीज) र मैनको मिश्रणलाई पोलेर त्यसको धुवाँ सुँघ्नाले हाँच्छ्यूँ आउन बन्द हुन्छ ।

५. दूधमा जायफलअदुवा एवं केसर हाले उमाल्नुहोस् । उमालेर आधा भएपछि त्यसलाई पिउनाले रुघा ठीक हुन्छ ।

६. सातआठ ओटा कालो मरीच घिउमा झानेर खानुहोस् र त्यसपछि तातो दूध या तातो पानी घिउमा झानेर खानुहोस् र त्यसपछि तातो दूध या तातो पानी पिउनुभयो भने रुघा ठीक हुन्छ ।

७. लसुनका सातआठ वटा पोटी चपाएर खानाले या तरकारी बनाएर खानाले फोक्सोमा जम्मा भएको कफ निस्किन्छ र रुघा ठीक हुन्छ ।

८. सानो एवं कालो मरिचको चूर्ण महसँग चाट्नाले रुघाबाट राहत मिल्दछ ।

९. पानको स्वरसमा ल्वाङ एवं अदुवाको रस मिलाएर महसँग पिउनाले रुघा ठीक हुन्छ ।

१०. दहीलाई पातलो पारेर त्यसमा अलिकति बेसन मिसाएरघोटेर नुनमरीच तथा अलिकति मेथीको दाना हालेर पकाउनुहोस् र पाकिसकेपछि तातोतातो पिउनुहोस्रुघा ठीक हुनेछ ।

साभार घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *